होमपेज > सेयर बजारमा समस्या भएर सुधार हुन सकेन: अर्थमन्त्री पुन

सेयर बजारमा समस्या भएर सुधार हुन सकेन: अर्थमन्त्री पुन

बिज्ञापन
बिज्ञापन

सरकारले सेयर बजारमा समस्या नै रहेको बताएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सेयर बजारमा समस्या सिर्जना भएर सुधार हुन नसकेको बताएका हुन् ।

बिज्ञापन

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको प्राथमिक बजारमा २२.५१ प्रतिशतले पुँजी परिचालनमा कमी आएको उल्लेख छ । अर्थमन्त्री पुनले आइतबार संसदमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आवको फागुनसम्म प्राथमिक बजार मार्फत ३३ अर्ब ८३ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५१ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा ४३ अर्ब ६६ करोड रकम बराबरको पुँजी परिचालन भएको थियो ।

बिज्ञापन

त्यस्तै, दोस्रो बजारमा भने पुँजी परिचालन ३९।७६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको दोस्रो बजारमा ४ खर्ब १५ अर्ब ७८ करोड रकम बराबरको धितोपत्र कारोबार भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९।७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा २९७ अर्ब ४९ करोड रकम बराबरको धितोपत्र कारोबार भएको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म १५० दिनको कारोबारमा औसत दैनिक कारोबार रकम २ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा औसत दैनिक कारोबार रकम १ अर्ब ९४ करोड रहेको थियो । साथै, चालु आर्थिक वर्षको फागुनसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कारोबार भएका धितोपत्रको सङ्ख्या र कारोबार सङ्ख्यामा क्रमशः ५५.६ र ८९.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको फागुनसम्म साधारण सेयरको प्राथमिक निष्काशन मार्फत ९ अर्ब ८० करोड रुपैयाँ, हकप्रद सेयर निष्काशन मार्फत ५ अर्ब ४५ करोड रुपैयाँ, थप निष्काशन मार्फत ३ करोड रुपैयाँ, ऋणपत्र मार्फत १५ अर्ब ४ करोड रुपैयाँ र म्युचुअल फण्ड मार्फत ३ अर्ब ५० करोड रुपैयाँको पुँजी परिचालन भएको छ ।

बिज्ञापन

यस अवधिमा बोर्डले १२ कोष व्यवस्थापकलाई प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटलको रूपमा कार्य गर्न अनुमति प्रदान गरेको छ । स्वीकृत कोष व्यवस्थापकमध्ये केही कोष व्यवस्थापकले विभिन्न स्किम मार्फत चालु आर्थिक वर्षको फागुनसम्म कुल २० अर्ब रुपैयाँको पुँजी परिचालन गरेका छन् । चालु आ।व को फागुनसम्म ३६ संगठित संस्थाले १४ अर्ब ९५ करोड रकम बराबरको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता गराएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ४६ संगठित संस्थाले २७ अर्ब ४८ करोड बराबरको बोनस सेयर दर्ता गराएका थिए ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते