यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायम रहेको छ । आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ३ हजार ८०० सयले बढेको छ ।
बिज्ञापन
आइतबार छापावाल सुन प्रतितोला १ लाख ८६ रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार सुनचाँदीको कारोबार नै भएन। मंगलबार आउँदा सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ३ सय रूपैयाँमा पुग्यो।
बिज्ञापन
बुधबार प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोबार भयो। बिहीबार सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ९० हजार ६०० सय रूपैयाँमा कारोबार भयो। निरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८९ हजार ८०० सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी भने यो साता स्थिर रहेको महासंघको तथ्यांकले देखाएको छ।
बिज्ञापन
कुन दिन कति थियो सुनको मूल्यः
.आइतबारः १ लाख ८६ हजार रुपैयाँ
.मंगलबारः १ लाख ८४ हजार ३ सय रुपैयाँ
.बुधबारः १ लाख ८७ हजार रुपैयाँ
.बिहीबारः १ लाख ९० हजार ६ सय रुपैयाँ
.शुक्रबारः १ लाख ८९ हजार ८ सय रुपैयाँ





