होमपेज > अर्थमन्त्री पौडेल र नाडा प्रतिनिधिमण्डलबीच भेट: नाडा अटो शो २०२५को उद्घाटन गर्न आग्रह

अर्थमन्त्री पौडेल र नाडा प्रतिनिधिमण्डलबीच भेट: नाडा अटो शो २०२५को उद्घाटन गर्न आग्रह

बिज्ञापन
बिज्ञापन

आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७औं नाडा अटो शो २०२५ को उद्घाटन प्रमुख अतिथिका रूपमा गर्न औपचारिक आग्रहका लागि नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन्।

बिज्ञापन

उक्त भेटमा अध्यक्ष चौधरीले यस वर्षको बजेट निजी क्षेत्रमैत्री भएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे। साथै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलो पटक सिमरामा सवारी साधन निर्माण उद्योग खोल्ने तयारी भइरहेको जानकारी गराउँदै त्यस्ता उद्योगलाई अनुकूल नीति, सहुलियत र स्थायीत्व आवश्यक रहेको माग राखे।

बिज्ञापन

छलफलको क्रममा अर्थमन्त्री पौडेलले नाडाको अनुरोध सहर्ष स्वीकार गर्दै नेपालका अटोमोबाइल व्यवसायीहरूले अधिक राजस्व संकलनमा सहयोग गर्नुपर्ने बताएका थिए। भेटघाट कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते