नेपाल राष्ट्र बैंकले आज पुस १७ गते मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ। यो ऋणपत्र दिउँसो २ बजे बोलकबोल हुन लागेको हो।
बिज्ञापन
यो सात दिने ट्रेजरी बिल पुस २४ गते परिपक्क हुने छ। यसमा कम्तिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ। यसमा वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीले मात्रै आवेदन दिन पाउँछन।
बिज्ञापन
नेपाल राष्ट्र बैंकले हिजो पुस १६ गतेपनि २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न आज बोलकबोल गरेको छ। बैंकले ९१ दिनको लागि ७ अर्ब ७५ करोड माग गरेकोमा २४ अर्ब ६५ करोडका लागि आवेदन परेको छ। यसमा औषत ब्याजदर ५.४ प्रतिशत कायम भएको छ। १८२ दिनको लागि ५ अर्ब नविकरण गर्न लागेकोमा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको आवेदन परेको छ भने यसको औषत व्याजदर ४.११ प्रतिशत कायम भएको छ।
त्यस्तै १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न आवेदन माग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरु ५.०५ औषत ब्याजदरमा १७ अर्ब ६० करोड दिन तयार भएका छन्।








