नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः १२ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बिज्ञापन
जारी मिती माघ २३ गते मंगलबार तोकिएको टे«जरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छन् । यसरी बिक्री गरिने कुुल ट्रेजरी बिल मध्येमा एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८१ साउन २२ गते र २०८१ माघ २२ गते तोकिएका छन् ।
बिज्ञापन
यी ट्रेजरी बिलहरु सबै पुरानो नविकरण अन्तर्गतका रहेको राष्ट्र बैंकको भनाई छ । गत साता पनि राष्ट्र बैकले १९ अर्ब १० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

बिज्ञापन








