होमपेज > बचतकर्ताको १ अर्ब ७० करोड बचत हिनामिना गरेर सहकारी सञ्चालक फरार

बचतकर्ताको १ अर्ब ७० करोड बचत हिनामिना गरेर सहकारी सञ्चालक फरार

बिज्ञापन
बिज्ञापन

काठमाडौँ । बचतकर्ताहरूको १ अर्ब ७० करोडभन्दा बढी बचत हिनामिना गरेर एक सहकारी सञ्चालक फरार भएका छन् । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा बचत रकम हिनामिना गरेर फरार भएका हुन् । करिब ५०० जना बचतकर्ताले दुई वर्षदेखि बचत गरेको उक्त रकमको सावा तथा ब्याज समेत नदिई अपचलन गरी फरार भएका हुन् ।

बिज्ञापन

उनीसँगै उनकी श्रीमती समेत रहेकी सहकारीकी व्यवस्थापक सन्जना राजकर्णिकार समेत फरार भएकी छन् ।उनीहरूका विरुद्धमा बचतकर्ताहरूले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकारीले दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएर खोजी कार्य भइरहेको बताए । बचतकर्ताहरूले उनीहरू दुवै जनासँग सञ्चालक तथा कर्मचारीहरूविरुद्ध समेत उजुरी दिएका छन् ।

बिज्ञापन

एक बचतकर्ताले दुई वर्षदेखि जम्मा गरेर राखेको ८४ लाख रुपैयाँको सावा र ब्याज दुवै नपाएको बताए । ‘माग्न जाँदा सुरुमा भोली भोली भन्दै टार्दै गए । पछि अचेल त सम्पर्कमै छैनन् । हामीले सामूहिक रूपमा प्रहरीमा उजुरी दिएको थियौँ । पक्राउ पुर्जी समेत जारी भएको छ । तर, उनीहरू पक्राउ परेका छैनन्’ ती बचतकर्ताले भने ।पैसा माग्दा नदिएपछि बचतकर्ताहरूले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन थालेका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते