होमपेज > व्यावसायीलाई ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग्ने तीन युवक पक्राउ

व्यावसायीलाई ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग्ने तीन युवक पक्राउ

बिज्ञापन
बिज्ञापन

चितवनमा ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग्ने तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–२१ बस्ने २७ वर्षीय सरोज सुनार, वडा नं १ बस्ने २६ वर्षीय दिपक बिक र वडा नं २६ बस्ने २५ वर्षीय सागर बिक रहेका छन् ।

बिज्ञापन

उनीहरुले गत पुस २८ गते रुपन्देही असुरैना–३ घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौती माग गरेको र यदि नदिएमा सुट गरी मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिज्ञापन

रकम फिरौती र ज्यान मार्ने धम्की पटक–पटक दिनरात दिएको भनी निवेदन प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको काठमाडौँमा परिचालित बिशेष प्रहरी टोलीले विभिन्न प्रविधिको प्रयोग, सूचना संकलन तथा शंका लागेका व्यक्तिहरु माथि निगरानी गरी खोजतलास गर्ने क्रममा उनीहरुलाई मंगलबार भरतपुर महानगरपालिकास्थित विभिन्न स्थानबाट माग बमोजिमको फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते