होमपेज > गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

बिज्ञापन
बिज्ञापन

गर्भावस्थामा एक महिलाका लागि गौरवको विषय हो । जो कोही महिलाले विवाह पश्चात आमा बन्ने सपना बुन्ने गर्छन् । प्रकृतिले पनि यस्तो गौरवशाली भुमिकाका लागि महिलालाई मात्र सो अवसर प्रदान गरेको छ ।

बिज्ञापन

एक महिला जव गर्भवति हुन्छ उनको शारिरिक र मानसिक रुपमा धेरै परिवर्तन आउछ । यस्तो अवस्थामा महिला शारिरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि स्वस्थ्य हुनु जरुरी हुन्छ । गर्भवतीको शारीरिक मात्र होइन, मानसिक अवस्थाले पनि गर्भको बच्चालाई प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले यतिबेला खुसी र ढुक्क हुन आवश्यक छ ।

बिज्ञापन

गर्भावस्थामा महिलामा आउने परिवर्तन
१. शरीरको बनावटमा परिवर्तन : भर्गवति भएपछि महिलाको शरीरको बनावटमा आउने पहिलो प्रत्यक्ष परिवर्तन हो । गर्भवति हुँदा महिलाको पेट बढ्दै जान्छ जसले महिला गर्भवति भएको भन्ने सजिलै बुझाउछ ।

२. अनुहारमा चाया पोतो आउनु : प्रायजसो गर्भवति महिलाको अनुहारमा कालो, खैरो पोतो आउने गर्छ । गर्भावस्थामा शरीरको हर्मोनमा आउने परिवर्तनले महिलाको अनुहारमा विभिन्न प्रकारको पोतो, दागहरु देखिने गर्दछ ।

बिज्ञापन

३ हात खुट्टा सुन्निनु : गर्भवस्थामा महिलाको हात खुट्टा सुन्निने गर्छ । गर्भको शिशुको तौल बढ्दै जाँदा महिलाको शरिरको तौल पनि बढ्ने हुनाले त्यसको चाप खुट्टामा पर्ने हुँदा सुन्निने हुन्छ । त्यसका साथै गर्भाअवस्थामा धेरैजसो महिलाको रक्तचाप घटबड भइरहने हुँदा हात खुट्टा सुन्निने हुन्छ ।

४ भावनात्मक परिवर्तन: गभवस्थामा महिलाको भावनामा धेरै परिवर्तन आउने गरेको विषेशज्ञहरु बताउछन् । शरिरमा आउने हर्मोनको परिवर्तनले महिलाको सोच्ने शैली र भावनामा परिवर्तन ल्याउने गर्दछ । यस्तो अवस्थामा महिलाको भावनाहरु बदलिरहने हुन्छ । उनीमा सानो सानो कुरामा धेरै चिन्तीत हुने, तनाव, बेचैनी, भय पैदा गर्दछ ।

श्रीमानको भुमिका
एक महिला गर्भवति भएपछि स्वस्थ्य आमा र बच्चाको लागि परिवारले ठुलो भूमिका खेल्नुपर्ने हुन्छ । गर्भवति महिलालाई सरल र सहज दिनचर्याका लागि घरका सबै सदस्यको भुमिका महत्वपुर्ण हुन्छ । त्यसमाथी श्रीमानको विषेश भुमिका रहन्छ ।
श्रीमती गर्भवती भएपछि श्रीमानको जिम्मेवारी थपिन्छ । श्रीमतीको उचित हेरबिचार गर्नुपर्ने हुन्छ । श्रीमतीको खानपानदेखि सुत्ने-उठ्ने तालिका मिलाउनेसम्मको काममा श्रीमानले सहयोगी भूमिका खेल्नुपर्छ ।

१. श्रीमतीको मनोबल बढाउने
गर्भावस्थामा महिलामा हुने समस्या, कमजोरी आदिलाई श्रीमानले पनि अनुभूत गर्न सक्नुपर्छ । गर्भवती श्रीमती के कस्ता चुनौतीसँग जुधिरहेका छन् भन्ने कुरा मनन गरेर त्यही अनुसार सहयोगी व्यवहार गर्नुपर्छ । श्रीमतीको आत्माविश्वास बढाउने, खुसी राख्ने कुरामा श्रीमानले भूमिका खेल्नुपर्छ ।

२. बद्लिदो दिनचर्यालाई बुझौं
गर्भधारणपछि महिलाको काम गर्ने क्षमता कम हुन्छ, जो बच्चालाई जन्म दिइसकेको केहि दिनसम्म कायम रहन्छ । यस स्थितीमा घरको रुटिन नियमित नहुन सक्छ । श्रीमतीको अभावमा हुने कतिपय काममा श्रीमान अग्रसर हुनुपर्छ ।

३. सजगता अपनाउने
गर्भवती श्रीमतीलाई चिकित्सकहाँ पु¥याउने, सही खानपान दिने, सहज पहिरन छनौट गरिदिने जस्ता कुरामा श्रीमानले ख्याल राख्नैपर्छ । यसबेला तपाईंले श्रीमतीको सामुन्ने राम्रो कुरा मात्र गर्नुहोस् । उसलाई राम्रो कुरा मात्र सुनाउनुहोस् । राम्रो काम मात्र देखाउनुहोस् । श्रीमतीको आसपास रहनुहोस्, ताकि उनले आफुलाई एक्लो र असुरक्षित महसुष नगरोस् । योग गराउनुहोस् ।

४. प्रसव पूर्व कक्षाको जरुरी
प्रसवको समयमा हुने के कस्ता अवस्था आउँछ भन्ने कुराको जानकारी श्रीमतीलाई हुनुपर्छ । कसरी प्रसवलाई सहज र कम पीडादायक बनाउने भन्ने कुरामा पनि श्रीमतीले आवश्यक जानकारी दिलाउनु पर्छ ।

५. समझदारीताका साथ काम गरौ
जब श्रीमती गर्भवती हुन्छ भने घरमा कुनै पार्टी, भोज आदि नगरौ । यस्ता कामले उनीहरुलाई झर्को लाग्न सक्छ र बोझिलो पनि ।

६. महिलामा आउने परिवर्तनप्रति चनाखो रहने
गर्भावस्थामा विभिन्न किसिमको परिवर्तन हुन्छन् । त्यसमध्ये केहि स्वभाविक हुन्छन्, भने केहि अस्वभाविक । पत्नीमा कुनै अस्वभाविक परिवर्तन आइरहेको छ भने त्यसप्रति चनाखो हुनैपर्छ, ताकि गर्भवती श्रीमती र गर्भको बच्चालाई नराम्रो असर नपरोस् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते