नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत २० अर्ब तरलता तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले बिहीबार थप २० अर्ब रुपैयाँ तरलता तान्ने भएको हो ।
बिज्ञापन
केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ प्रसोचन गरेको थियो । थप बिहीबार सोही उपकरणमार्फत बैंकले २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।बुधबार मात्र जारी रिपोर्ट अनुसार पुस २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको थियो । तर सो अवधिमा यता कर्जा लगानी ५० खर्ब ५८ अर्ब रुपैयाँ हारहारी मात्र भएको देखिन्छ ।
बिज्ञापन
बैंक ब्याजदर, अन्तर बैंक ब्याजदर र ट्रेजरी बिलको ब्याजदर समेत साढे २ प्रतिशत हारहारीमा झरिसकेको बेला बैंकहरुले कर्जा/निक्षेप अनुपात (सीडी रेसिया) ८०.१४ प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरुसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ ।








