होमपेज > डेडिकेटेड लाइन विवादः उद्योगीहरुलाई अपराधीलाई जस्तो व्यवहार गरियो

डेडिकेटेड लाइन विवादः उद्योगीहरुलाई अपराधीलाई जस्तो व्यवहार गरियो

बिज्ञापन
बिज्ञापन

डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका भनिएका व्यापारीहरुले आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल आएको जिकिरि गरेका छन् । ठूलो मात्रामा बक्यौता रकम रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका उद्योगको बिजुली काट्न थालेपछि व्यापारीहरुले आज आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल देखाइएको भन्दै त्यस्तो रकम तिर्न नसकिने व्यवसायीहरुको भनाइ छ । उद्योगीहरुले यसअघि पनि प्राधिकरणले निर्धारण गरेको बिल अनुसारको रकम तिर्न नसकिने भन्दै आएका थिए । आज आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्योगी पशुपति मुरारकाले बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले दिनुपर्ने अनि मात्र आफूहरुले पैसा तिर्न बताए ।

बिज्ञापन

‘बिजुली प्रयोग गरेको समयमा नै बिल पठाएको भए यो समस्या नै आउने थिएन । त्यो समयमा प्रयोग भएको र त्यो समयमा भएको बिलिङअनुसार कुनै पनि बक्यौता बाँकी छैन,’ उनले भने । डेडिकेटेड र ट्रंक लाइन बक्यौता महसुल विवाद झन् चर्किदै गएपछि केही दिन अघि पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नर्तिने उद्योगहरु सबैको लाइन काटिने बताएका थिए।

सर्वसाधारणले दैनिक १८ घण्टाभन्दा बढी समय लोडसेडिङ बेहोरिरहेको समयमा नेपाल विद्युत् प्राधिकरणले केही उद्योगहरुलाई भने २४सै घण्टा विद्युत् आपूर्ति हुने डेडिकेटेड लाइनमार्फत् बिजुली दिएको थियो । त्यस्तो विद्युत् उपभोग गरेका उद्योगहरुको बक्यौतालाई लिएर २०७२ सालदेखि विवाद रहँदै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते