होमपेज > ८ करोड पर्ने जग्गा धितो राखेर दुर्गा प्रसाईंले लिएका थिए १ अर्ब ७४ करोड ऋण, २ दिनमै बढ्यो २२ गुना सम्पत्ति

८ करोड पर्ने जग्गा धितो राखेर दुर्गा प्रसाईंले लिएका थिए १ अर्ब ७४ करोड ऋण, २ दिनमै बढ्यो २२ गुना सम्पत्ति

बिज्ञापन
बिज्ञापन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ। उनले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएका हुन्।

बिज्ञापन

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण) मा प्रसाईंले खरिद गरेको जग्गाको मूल्य र सोही जग्गा धितो राख्दा बैंकले दिएको ऋण २२ गुणा फरक रहेको उल्लेख छ।

बिज्ञापन

प्रतिवेदनको ३२७ नम्बर पेजको ३८ (१) मा उल्लेख भएअनुसार प्रसाईंले निजी अस्पतालका लागि झापा अनारमनी–३ मा रहेको ५७१.४८ वर्ग मिटर क्षेत्रफल भएको पाँच कित्ता जग्गा ८ करोड थैली अंक राखेर भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरमा २०७७ साउन २ गते राजीनामा लिखत गरी किनेका थिए। प्रसाईंले उक्त जग्गा २०७७ साउन ४ गते विभिन्न ४ वित्तीय संस्थासँग दृष्टिबन्धक लिखत पारित गरी १ अर्ब ७४ करोड ऋण लिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार अस्पताल सञ्चालकले अस्पताललाई बिक्री गरेको जग्गाको लिखतमा लिग लगायतको मूल्य समावेश गरिएको छैन। प्रतिवेदनले यस विषयमा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।

बिज्ञापन

प्रतिवेदनमा छ, ‘जग्गाधनीले आफ्नो अचल सम्पत्तिको खरिद मूल्यभन्दा अधिक मूल्यांकन गराई वित्तीय संस्थाबाट ऋण लिँदा सर्वसाधारण निक्षेपकर्ताहरूको निक्षेप जोखिममा पर्ने भएकाले वास्तविक मूल्यभन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको विश्वसनीयता सम्बन्धमा नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नुपर्छ।’

महालेखाले जग्गा खरिदका क्रममा सरकारलाई तिर्नुपर्ने राजस्व छल्ने प्रयास गरेको आशंका गरेको छ। उसले एक दिनको फरकमा रजिस्ट्रेसन प्रयोजनमा जग्गाको थैली अंक न्यून देखाउने तर सोही जग्गा दृष्टि बन्धक गरी खरिद मूल्य भन्दा २२ गुणा बढी थैली अंक कायम गर्दा घटी राजस्व प्राप्त हुने गरी गरेको कारोबार सम्बन्धमा कार्यालयले थप छानबिन गरी छुट भएको राजस्व यकिन गरी असुल गर्न सुझाएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते