होमपेज > मुक्तिनाथ विकास बैंकलाई लगातार चौथो पटक ‘बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट’अवार्ड

मुक्तिनाथ विकास बैंकलाई लगातार चौथो पटक ‘बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट’अवार्ड

बिज्ञापन
बिज्ञापन

मुक्तिनाथ विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट अवार्ड, २०२२ प्राप्त गरेको छ । आइक्यानले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको उक्त पुरस्कार सो बैंक विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७८–०७९ को गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

बिज्ञापन

सो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५–०७६, २०७६–०७७, २०७७–०७८ र २०७८–०७९ गरि लगातार चौथो पटक पुरस्कृत भएको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वेस्ड प्रेजेन्टेड एनुअल रिपोर्ट अर्वाड विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो ।

बिज्ञापन

बैंकिङ क्षेत्र (बाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू), शक्ति र उर्जा क्षेत्र र निर्माण क्षेत्रलगायतका विधामा आइक्यानले अर्वाड प्रदान गर्दै आइरहेको छ ।

विकास बैंक र वित्त कम्पनीहरू मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार प्राप्त गरेको छ । शुक्रबार, काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते