होमपेज > तपाईं तरकारी किन्न बजार जादैँ हुनुहुन्छ? यस्ताे छ आज फलफूल तथा तरकारीकाे मूल्य

तपाईं तरकारी किन्न बजार जादैँ हुनुहुन्छ? यस्ताे छ आज फलफूल तथा तरकारीकाे मूल्य

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूची अनुसार कन्य च्याउमा हिजोको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ। यस्तै,मकै बोडिको मूल्य प्रतिकेजी २० रुपैयाँले घट्दा भेन्टा र लौकामा १० रुपैयाँ प्रतिकेजी मूल्य घटेर आएको छ।

बिज्ञापन

त्यस्तै,समितिले आजको लागिलोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ तोकेको छ। हिजोको तुलनामा गोलभेँडा प्रतिकेजी ५ रुपैयँले घटेर आएको छ। ठूलो गोलभेँडाको न्युनतम मूल्य पनि स्थिर छ। आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ। समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने,सेतो आलुको न्यूनतम मूल्य ३५ रुपैयाँ रहेको छ।

बिज्ञापन

समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँ पुगेको छ। यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १५, भेन्टा लाम्चो ४०, मकै बोडी ४०, भटमास कोशा ७०,तितो करेला ५०,लौका ५०,परवल ५०,फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०,कन्ने च्याउ १८०, डल्ले च्याउ२८०, काँक्रो लोकल ६०,कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। रायोको साग प्रतिकेजी७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज७० रुपैयाँ न्युनतम मूल्य रहेको छ।

त्यस्तै, फलफूलमा केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ। कागती हिजोको तुलनामा प्रतिकेजी ५० रुपैयाँले बढेर २०० पुगेको छ।अनार प्रतिकेजी ४००,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते