होमपेज > नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, तीन अर्ब ३९ करोडको कारोबार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, तीन अर्ब ३९ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ ।

बिज्ञापन

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

बिज्ञापन

नेप्सेका अनुसार कूल ९३ लाख ८२ हजार चार सय ४० कित्ता शेयर रू तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २३ करोड ७५ लाख ९३ हजार तीन सय ४८ मूल्य बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटल रू १७ करोढ ९२ लाख ९४ हजार पाँच सय ६१, हिमालयन लाइफ इन्स्योरेन्स रू १६ करोड १५ लाख नौ हजार, नेपाल दूरसञ्चार कम्पनी रू ११ करोड ८४ लाख ४८ हजार पाँच सय १४ र चिलिमे आइड्रोपावर कम्पनी रू सात करोड ५० लाख ९० हजार नौ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

बिज्ञापन

नेप्सेका अनुसार, एनएमबी बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलव ९४, सिटिजन म्युचुअल फण्ड पहिलो सात दशमलव ९८ र सानिमा लार्ज क्यापका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् ।

पिपल्स हाइड्रोपावर छ दशमलव शुन्य पाँच, हिमालयन पावर पार्टनर पाँच दशमलव ८३, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ८३, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ५६ र रिडी पावरका लगानीकर्ताले पाँच दशमलव ५३ प्रतिशतले गुमाएका छन् । आजको कारोबारपछि बजार पूँजीकरण रू ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार एक सय २९ बराबर रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते