होमपेज > थाहा पाउनुहोस् बिहान उठ्दा आँखामा किन कचेरा देखिन्छ?

थाहा पाउनुहोस् बिहान उठ्दा आँखामा किन कचेरा देखिन्छ?

बिज्ञापन
बिज्ञापन

आँखामा देखिने कचेराबारे हामी सबै जानकार नै छौं । सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा सेतो कचेरा परिरहेकै हुन्छ । कसैको आँखामा धेरै हुन्छ भने कसैकोमा थोरै ।

बिज्ञापन

आँखाबाट निस्केको आँसु, धुलो, फोहोर र आँखाको ढकनीका मरेका कोषहरुको सम्मिश्रण नै कचेरा हो । ‘प्लिका सेमी लुनारिस’ नामक आँखाको भागले हरेक समय कचेरा बनाउने तरल पदार्थ (आँसु )निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।

बिज्ञापन

तर नदिदाएको बेला आँखा झिमझिम हुँदैन र त्यो तरल पदार्थ आँखाको कुनामा जम्मा हुन पुग्छ । बाहिरको धुलो, फोहोर र मृतकोषले यसलाई जम्न अझ मद्दत गर्छ । जसबाट सुतेर बिहान उठ्दा आँखामा कचेरा देखिन्छ ।

कचेराको काम के हो ?

बिज्ञापन

आँखाबाट आउने आँसुको काम आँखालाई सुख्खा हुनबाट जोगाउनु हो । आँखालाई भिजाइराख्न र नरम बनाइराख्न आँसुको भूमिका हुन्छ । यो हरेक समय आँखाबाट निस्किरहेको हुन्छ ।

तर निदाएको बेला भने कचेरा बनेर रहन्छ । त्यसैले कचेराले पनि आँखालाई सुख्खा हुनबाट बचाउने नै काम गर्छ ।

फरक हुन्छ कचेराको रंग

सामान्यतया आँखामा सेतो रंगको कचरा देखिन्छ । तर यसको रंग तीन प्रकारको हुन्छ, सेतो, गाढा सेतो र पहेंलो ।

सेतो कचेरा स् आँखामा दैनिक बिहान उठ्ने बेला आँखाको कुनामा वा ढकनीमा जम्मा भएर बस्ने सेतो कचेरा सामान्य हो । यो सुत्नेबेला आँखा झिमझिम नभएर जम्मा भएका आँसु र अन्य चीज हुन्छन् । यसले आँखा स्वस्थ भएको मानिन्छ ।

गाढा सेतो कचेरा स् नियमित भन्दा पनि गाढा सेतो खालको कचेरा आँखामा देखिएको छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन । यो एडिनो भाइरसको संक्रमणबाट भएको हुन सक्छ । गाढा सेतो कचेराले आँखामा संक्रमण भएको संकेत गर्छ ।

पहेंलो कचेरा स् कहिलेकाहीं आँखामा पहेंलो रंगको कचेरा देखिन्छ । यो सेतो र गाढा सेतो भन्दा अलि बाक्लो हुन्छ । यस्तो कचेरा देखिएमा आँखामा ब्याक्टेरियाको संक्रमण भएको हुन सक्छ । यसले आँखा रातो हुने, दुख्ने, चिलाउने तथा आँखा पाक्ने समस्या निम्त्याउँछ । पहेंलो कचेरा देखिएको छ भने चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

आँखा कचेरा नै नआए के हुन्छ ?

आँखामा कचेरा नआएमा आँखामा संक्रमण भएको हुन सक्छ, आँसु निस्किने नली बन्द भएको हुन सक्छ । जसले गर्दा आँखा सुख्खा हुन नदिन निस्किने तत्वहरु बाहिर निस्कन पाउँदैन् र आँसु आँखाभित्र नै जम्मा हुन्छ । जसले गर्दा आँखा सुख्खा हुन्छ । त्यसले आँखा चिलाउने, सुन्निने र आँखाभित्र डल्लो पलाउने जस्ता समस्या देखिन सक्छ ।

आँखामा पानी छ्याप्न मिल्छ कि मिल्दैन ?

आँखाभित्र केही पस्दा वा आँखा चिलाउँदा पानी छ्याप्ने गरेको पाइन्छ, तर यो गलत हो । आँखामा जोडले पानी छ्याप्दा आँखाभित्र रहेको नानीमा पर्छ । जसले गर्दा आँखाको नानीमा घाउ हुने, बिमिरा आउने जस्ता जोखिम हुन्छ ।

आँखालाई कसरी सुरक्षित राख्ने ?

घरबाहिर निस्किंदा सनग्लास लगाउने, आँखामा फोहोर हातले नछुने, समय–समयमा आँखा सफा गर्ने गर्नुपर्छ । सकेसम्म दैनिक बिहान बेलुका गरी दुईपटक आँखा धुने गर्नुपर्छ । अनलाइनखबर

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते