होमपेज > महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोग

बिज्ञापन
बिज्ञापन

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बिज्ञापन

बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधीहरु, देनिक खानाका लागि अत्यावश्यक सामाग्रीहरु साथै विविध सरसफाइका सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

साहारा विहिन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको देनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

त्यस्तैगरि बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ । क्याम्पसमा हाल आठ सय विद्यार्थाी अध्ययनरत रहेका र वर्षेनी विद्यार्थाीको संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीका फिल्टर प्रदान गरेको हो ।

बिज्ञापन

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते