होमपेज > रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्दै

रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्दै

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दैछन् । सरकारमा जाने विषयमा आज बस्ने केन्द्रीय समिति बैठकले ठोस निर्णय लिने बताउँदै पत्रकार सम्मेलन गर्दै पछिल्ला घटनाक्रमका बारेमा जानकारी दिने बताए ।

बिज्ञापन

सामाजिक सञ्जालमा लेख्दै निवर्तमान उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले आफूले सिधा कुरा नगरेको धेरै भएको टिप्पणी गर्दै सो कुरा जानकारी गराएका हुन् ।

बिज्ञापन

उनले भनेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

नागरिकता विवादमा सर्वोच्चको फैसलापछि उपप्रधानसहित गृहमन्त्री र अन्य पदबाट समेत हटेका लामिछाने नागरिकता पुनः प्राप्तीपछि सरकारमा जाने जोडबल गरिरहेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री र सत्ता साझेदारका प्रमुख नेताहरुसँग छलफल गरिरहेका छन् । यसअघि नै गृहमन्त्री नपाए सरकारमा नजाने बताइसकेको रास्वपालाई प्रधानमन्त्रीले गृहमन्त्री नदिने संकेत गरिसकेका छन् ।

आजको बैठकपछि हुने पत्रकार सम्मेलनबाट रास्वपा सरकारमा नरहने निर्णय आउनसक्ने समेत बताइएको छ । रास्वपाले निर्णायक मानेको बैठक केही बेरमा शुरु हुनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते