होमपेज > बिपिडब्लु लघुवित्तले जारी गर्‍यो वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ

बिपिडब्लु लघुवित्तले जारी गर्‍यो वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ

बिज्ञापन
बिज्ञापन

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आजदेखि आईपीओ जारी गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गर्न लागेको हो ।

बिज्ञापन

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरेको छ ।

बिज्ञापन

एक हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने फागुन १८ गतेदेखि सर्वसाधारणमा भने आईपीओ जारी गर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण शेयरधनीहरूले छिटो अवधि फागुन २३ गतेसम्म र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्रीको मिति तय गरेको छ । यो आईपीओ खरीदका लागि यूनतम १० कित्तादेखि अधितकत १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

बिज्ञापन

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिृक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते