डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गर्ने तीन उद्योगले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुल बक्यौता रकम किस्तामा तिर्न सुरु गरेका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले बक्यौता रकम बुझाउने प्रक्रिया पुनः सुरु गरेका हुन्। विगतमा यी उद्योगहरूले २८ किस्तामा किस्ताबन्दी सुविधा लिएर रकम तिर्न सुरु गरेका थिए, तर गत वैशाखदेखि किस्ता तिर्न छाडेका थिए।
बिज्ञापन
सम्राट सिमेन्ट
उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड लाइनको ३ करोड ७७ लाख रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति लिएको थियो। चार किस्ता बुझाएपछि किस्ता रोकिएकोमा अहिले तीन किस्ता बराबरको ४० लाख ४७ हजार रुपैयाँ तिरेर जेठसम्मको किस्ता चुक्ता गरेको छ। प्राधिकरणका अनुसार असोजसम्म बुझाउनुपर्ने ११ किस्तामध्ये सात किस्ता मात्र तिरेको र बाँकी ५३ लाख ९६ हजार रुपैयाँ तिर्न पत्राचार गरिएको छ।
बिज्ञापन
रोल्पा सिमेन्ट
यस उद्योगले ९९ लाख १२ हजार रुपैयाँ बक्यौतालाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने सम्झौता गरेको थियो। ६ किस्ता बुझाएपछि रोकिएको उद्योगले हाल ५ किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपटक तिरेर किस्ता नियमित गर्न थालेको छ। अब उद्योगका १७ किस्ता तिर्न बाँकी छन्।
नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज
यस उद्योगले १२ किस्तामा १ लाख २३ हजार रुपैयाँ बुझाएर सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरण, प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख दीपक गौतमका अनुसार, बाँकी उद्योगहरूलाई पनि बक्यौता रकम नियमित रूपमा तिर्न आवश्यक पत्राचार र अनुगमन जारी राखिएको छ।








