होमपेज > हुलास र अशोक स्टीलले पनि तिर्न थाले डेडिकेटेड लाइनको बक्यौता महसुल

हुलास र अशोक स्टीलले पनि तिर्न थाले डेडिकेटेड लाइनको बक्यौता महसुल

बिज्ञापन
बिज्ञापन

डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गर्ने उद्योगहरूले बक्यौता रकम तिर्न थालेका छन्। बाराको सिमरामा रहेका हुलास स्टील इण्डस्ट्रीज र अशोक स्टीलले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुल रकम किस्तामा तिर्न सुरु गरेका हुन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, हुलास स्टीलले शुक्रबार पहिलो किस्ता बुझाएको हो।

बिज्ञापन

हुलास स्टील इण्डस्ट्रीज
उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट प्राप्त गरेको छ। प्राधिकरणका अनुसार, हुलासले अहिले पहिलो किस्ता बुझाएर किस्ताबन्दी तिर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो।

बिज्ञापन

अशोक स्टील
सिमराकै अर्को प्रमुख उद्योग अशोक स्टीलले पनि आफ्नो १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रकम किस्तामा तिर्न सुरु गरेको छ। उद्योगले प्राधिकरणबाट २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ। यसअघि विहीबार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले पनि किस्ताबन्दी सुविधा मार्फत बक्यौता रकम तिर्न सुरु गरेका थिए। नेपाल विद्युत प्राधिकरणका अनुसार, बक्यौता तिर्ने उद्योगहरूको संख्या बढ्दै गइरहेको छ र प्राधिकरणले सवै बक्यौता उद्योगहरूलाई नियमित किस्तामा रकम तिर्न निरन्तर अनुगमन गरिरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते