होमपेज > बुद्ध एयरका सञ्चालक बस्नेत समूहद्वारा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता

बुद्ध एयरका सञ्चालक बस्नेत समूहद्वारा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता

बिज्ञापन
बिज्ञापन

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ राजनीतिक दल दर्ता गरेको छ। दिनेश प्रसाईंको नेतृत्वमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ गठन गरिएको हो।

बिज्ञापन

दल दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको आयोग स्रोतले जनाएको छ। पार्टीका महासचिव पियुषप्रसाद कायस्थ रहेका छन्। बस्नेतले पछिल्ला ५–६ महिनादेखि नयाँ दल गठनबारे तयारी र छलफल गर्दै आएका थिए। फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि नयाँ राजनीतिक परिस्थिति अनुरूप पार्टी दर्ताको प्रक्रिया अघि बढाइएको हो।

बिज्ञापन

पार्टीमा एक जना अध्यक्ष र पाँच जना महासचिव रहने संरचना प्रस्ताव गरिएको छ भने बाँकी सदस्यहरू पछि चयन गरिने बताइएको छ। स्रोतका अनुसार, पार्टीमा पदाधिकारीले चुनाव नलड्ने प्रावधान राखिएको छ। त्यसैले संस्थापक वीरेन्द्रबहादुर बस्नेत औपचारिक नेतृत्वमा नरहेको स्पष्ट गरिएको छ।

पार्टीले आगामी दिनमा वैकल्पिक राजनीति, सुशासन र पारदर्शितामा आधारित ‘नयाँ राजनीतिक अभ्यास’ अघि सार्ने तयारी गरेको बताइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते