बिज्ञापन
नेपाली सुन बजारमा बिहीबार (असोज ३०) सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ। यो मूल्य नेपाली सुन बजारको इतिहासमै पहिलोपटक हो, जुन २ लाख ५० हजार रुपैयाँभन्दा माथि पुगेको हो।
बिज्ञापन
यसअघि बुधबार (असोज २९) सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ थियो। एकैदिनमा सुनको मूल्य २ हजार रुपैयाँले उकालो लागेको हो। मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको दर बढ्नु, डलरको भाउमा उतार–चढाव र भू-राजनीतिक तनावलाई मानिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार, बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य ३ हजार २४० रुपैयाँ थियो।
बिज्ञापन
महासंघले अन्तर्राष्ट्रिय बजारका मूल्य, डलर विनिमय दर र आयात लागतको आधारमा दैनिक दर निर्धारण गर्दै आएको छ। मूल्य वृद्धिले सुन–चाँदी व्यवसायमा तत्काल प्रभाव पार्ने देखिएको छ भने ग्राहकहरू भने किनमेलमा सतर्क देखिन थालेका छन्।








