होमपेज > नेप्सेमा पुनः गिरावट, सूचक १८.४० अंकले घट्दै २४८७.१७ मा

नेप्सेमा पुनः गिरावट, सूचक १८.४० अंकले घट्दै २४८७.१७ मा

बिज्ञापन
बिज्ञापन

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पुनः गिरावट आएको छ। कारोबारको अन्त्यसम्म नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको छ। आज कुल ३११ कम्पनीका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

बिज्ञापन

क्षेत्रगत सूचकमा हेर्दा बैंकिङ र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रमा गिरावट आएको छ। बीमा, हाइड्रोपावर, फाइनान्स, विकास बैंक, लघुवित्त र ट्रेडिङ क्षेत्रमा उल्लेख्य गिरावट देखिएको छ। हिमालयन पावर पार्टनर लिमिटेड को शेयर मूल्यमा सबैभन्दा बढी वृद्धि हुँदै ९.९३ प्रतिशत बढेको छ। कालिका लघुवित्त को शेयर पनि ५.६९ प्रतिशतले बढेको छ। तर समाज लघुवित्त मा नकारात्मक सर्किट लागेर कारोबार रोकिएको छ। युनिक नेपाल लघुवित्त को शेयर ७.३३ प्रतिशतले घटेको छ।

बिज्ञापन

मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहँदै १५ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। दोस्रो स्थानमा रहेको नेपाल रिइन्सुरेन्स कम्पनी को १३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। लगातारको अस्थिरताबीच नेप्सेमा लगानीकर्ता सावधानीपूर्वक कारोबार गरिरहेका छन्। विश्लेषकका अनुसार निकट भविष्यमा तरलता अवस्था र बैंक ब्याजदरले बजारको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते