बिज्ञापन
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सोमबार (असोज २७) सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले वृद्धि भई ऐतिहासिक स्तरमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिज्ञापन
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। आइतबार (असोज २६) छापावाल सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा दुई हजार ४०० रुपैयाँले बढ्दै दुई लाख ३९ हजार ८०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।
बिज्ञापन
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुनु, मध्यपूर्व क्षेत्रका तनाव, र लगानीकर्ताहरूको सुरक्षित सम्पत्तितर्फ आकर्षणका कारण सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको विश्लेषकहरूको भनाइ छ।








