होमपेज > क्यासिनो र विदेशी मुद्रा कारोबार : राष्ट्र बैंकको कडाइ, कार्ड कारोबारमा पनि सीमा निर्धारण

क्यासिनो र विदेशी मुद्रा कारोबार : राष्ट्र बैंकको कडाइ, कार्ड कारोबारमा पनि सीमा निर्धारण

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाहरूले अब इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने स्पष्ट व्यवस्था गरेको छ।

बिज्ञापन

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार विदेशी मुद्राको कारोबार गर्न इजाजत अनिवार्य गरिएको प्रावधानलाई कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैंकले यस्तो नयाँ व्यवस्था ल्याएको हो।

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, “विदेशी विनिमयसम्बन्धी विभिन्न विनियमावली जारी भइसकेको सन्दर्भमा अब क्यासिनोलगायतका संस्थाहरूले इजाजत लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्न पाउनेछन्।”

बिज्ञापन

यो व्यवस्थाले विदेशी मुद्रा कारोबारलाई थप नियमन र पारदर्शी बनाउन मद्दत पुग्ने राष्ट्र बैंकको भनाइ छ।

भुक्तानी प्रणालीमा कडाइ : कार्डमार्फत कारोबार सीमा घटाइयो

यससँगै, राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै डेबिट, प्रिपेड र क्रेडिट कार्डबाट हुने कारोबारमा नयाँ सीमा तोकेको छ।

डेबिट कार्ड

प्रतिकारोबार सीमा: रु २०,000

प्रतिदिन अधिकतम सीमा: रु ५०,000

(अघिल्लो सीमा रु १ लाख थियो)

प्रिपेड कार्ड

प्रतिकारोबार सीमा: रु १०,000

प्रतिदिन अधिकतम सीमा: रु २०,000

मासिक कारोबार सीमा: रु २ लाख

(प्रिपेड कार्डको सन्दर्भमा कुनै नयाँ संशोधन छैन)

क्रेडिट कार्ड

स्वीकृत सीमाको १० प्रतिशतसम्म कारोबार गर्न सकिने अघिल्लो व्यवस्था यथावत रहेको छ।

नयाँ सीमाले कार्ड दुरुपयोग र अवैध कारोबार नियन्त्रणमा सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते