होमपेज > हमासको बन्धक सूचीमा नेपाली विपिन जोशीको नाम, जीवित रहेको पुष्टि

हमासको बन्धक सूचीमा नेपाली विपिन जोशीको नाम, जीवित रहेको पुष्टि

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

गाजामा हमासले नियन्त्रणमा राखेका जीवित बन्धकहरूको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश भएको छ। हमास र इजरायलबीच प्रस्तावित युद्धविराम योजनाको पहिलो चरण अन्तर्गत बन्धक रिहा गर्नु अघि सार्वजनिक गरिएको सूचीमा जोशीको नाम देखिएको हो।

बिज्ञापन

अमेरिकी सञ्चारमाध्यम वाशिङ्टन पोस्टले प्रकाशित गरेको सूचीमा जोशीलाई जीवित बन्धकको रुपमा उल्लेख गरिएको छ। यसअघि सीएनएनले सार्वजनिक गरेको सूचनामा विपिनको अवस्था “अज्ञात” भनिएको थियो। तर, टाइम्स अफ इजरायल र एपीजस्ता अन्य प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत जोशीको नामसहितको जीवित बन्धकको सूची सार्वजनिक गरेका छन्।

बन्धक सूचीमा समावेश २६ जना मध्ये सबै पुरुष छन्। तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन्। यसअघि भएका युद्धविराम सम्झौताहरू अन्तर्गत महिला, बालबालिका र ५० वर्षमाथिका पुरुषहरूलाई मुक्त गरिसकिएको छ। बन्धकमध्ये एक महिला, इनबार हाइमान, मृत घोषणा भइसकेकी छन्।

बिज्ञापन

विपिन जोशी दक्षिण इजरायलको अलुमिम किबुत्जमा कृषि कामदारको रुपमा कार्यरत थिए। हमासको आक्रमणका क्रममा उनलाई अपहरण गरिएको थियो। हालै इजरायली सेनाले गाजाबाट प्राप्त गरेको एक भिडियोमा जोशी जीवित देखिएको पुष्टि परिवारले गरेको छ। उक्त भिडियो सन् २०२३ को नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ।

बन्धक परिवारको फोरमले जारी गरेको वक्तव्यमा भनिएको छ, “भिडियो हेरेपछि हामीलाई अझ दृढ विश्वास भएको छ कि विपिन जीवित छन्।” इजरायली अधिकारीहरूले यसअघि जोशीको अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका थिए।

जोशीबाहेक हाल गाजामा अरु चार जना विदेशी नागरिक अझै बन्धक छन्। तीमध्ये तीन जना थाइल्यान्डका र एक जना तान्जानियाका हुन्। तीमध्ये थाइल्यान्डका सोनथाया ओक्कारास्री, सुदथिसाक रिन्थालक, र तान्जानियाका जोशुआ मोलेललाई इजरायली सरकारले मृत घोषित गरिसकेको छ। बाँकी एकजना थाइ नागरिक जीवित रहेको विश्वास गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते