होमपेज > निर्यात अनुदान बन्द नगर्न सरकारलाई नेपाल चेम्बर अफ कमर्सको आग्रह

निर्यात अनुदान बन्द नगर्न सरकारलाई नेपाल चेम्बर अफ कमर्सको आग्रह

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुदान बन्द नगर्न सरकारको ध्यानाकर्षण गराएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी र कार्यसमिति टोलीले आज सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासँग भेट गर्दै निर्यातमा दिइँदै आएको सहुलियत अनुदान निरन्तरता दिन आग्रह गरेको हो।

बिज्ञापन

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि आन्तरिक उत्पादनको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको र उत्पादन लागत उच्च भएको वर्तमान अवस्थामा अनुदान रोकिँदा निर्यात निरुत्साहित हुने बताइएको छ।

चेम्बरले अर्थतन्त्रका विद्यमान समस्या समाधान, लगानीकर्ताको मनोबल बढाउने, र नीतिगत सहजता ल्याउने माग गरेको छ। साथै, औद्योगिक तथा व्यवसायिक सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ।

बिज्ञापन

विज्ञप्तिमा भनिएको छ, “अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग साझेदारी गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यवसायिक सुरक्षाको सुनिश्चितता गर्न सरकारले उच्च प्राथमिकता दिनुपर्ने आजको आवश्यकता हो।”

चेम्बरले आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायलाई कर्जाको पुनर्तालिकीकरण, सहुलियत दरमा कर्जा उपलब्धता, पुनर्निर्माणका क्रममा आयातमा भन्सार तथा अन्तशुल्क छुट, र बीमा दावी छिटो फस्र्यौट गर्ने नीतिगत निर्णयको स्वागत गरेको छ।

यस्तै, व्यवसाय मूल्याङ्कनको आधार कारोबार मूल्य हुनुपर्ने र सन्दर्भ पुस्तिका हटाउनुपर्ने लामो माग पूरा भएको तथा विराटनगर भन्सार कार्यालयबाट अनलाइन मूल्याङ्कन प्रणाली सुरु भएकोमा स्वागत गरेको छ।

चेम्बरले सरकारसमक्ष ऐन तथा कानूनी अस्पष्टताका कारण कर उठाउने दबाबमूलक प्रवृत्ति अन्त्य गर्न आग्रह गरेको छ। साथै, जेनजी आन्दोलनको मर्मअनुसार युवा उद्यमीहरूलाई छिटो र सजिलो कर्जाको पहुँच, सीपमा आधारित व्यवसायलाई प्राथमिकता, र व्यवसाय दर्ता, कर तथा लाइसेन्स प्रक्रियालाई पारदर्शी र डिजिटलमैत्री बनाउने सुझाव दिएको छ। अध्यक्ष अग्रवालले भने, “मुलुकको ५० प्रतिशतभन्दा बढी युवा जनशक्ति रोजगारीको मूल प्रवाहमा ल्याई आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न आवश्यक छ।”

भेटवार्तामा मन्त्री सिन्हाले निजी क्षेत्रको सुरक्षासहित लगानीमैत्री वातावरण सिर्जना गरी अर्थतन्त्रलाई निकास दिने सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले औद्योगिक तथा व्यवसायिक सुरक्षाका लागि चेम्बरले प्रस्ताव गरेको एकीकृत सुरक्षा प्रणालीको अवधारणा उपयुक्त रहेको बताए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते