बिज्ञापन
कामना सेवा विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त भएका छन्। बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो।
बिज्ञापन
सञ्चालक समितिको अध्यक्षमा यसअघि पनि कार्यरत रहिसकेका आचार्यले अब पुनः नेतृत्व सम्हाल्ने भएका छन्।
उक्त वार्षिक साधारण सभाबाट आगामी चार वर्षको कार्यकालका लागि सञ्चालक समिति सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। संस्थापक समूहतर्फबाट सुदिप आचार्यसँगै भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी, भने सर्वसाधारण समूहतर्फबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्वाचित भएका हुन्।
बिज्ञापन
कामना सेवा विकास बैंक देशभर आफ्ना शाखा विस्तार गर्दै वित्तीय पहुँच विस्तारमा क्रियाशील रहँदै आएको छ।








