होमपेज > नेशनल वायोटेकको दोस्रो वार्षिक साधारण सभा मंसिर ५ मा, सर्वसाधारणका लागि शेयर जारी गर्ने प्रस्ताव

नेशनल वायोटेकको दोस्रो वार्षिक साधारण सभा मंसिर ५ मा, सर्वसाधारणका लागि शेयर जारी गर्ने प्रस्ताव

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेशनल वायोटेक प्रालि ले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने प्रस्तावसहित दोस्रो वार्षिक साधारण सभा मंसिर ५ गते गर्ने भएको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा आह्वान गर्ने निर्णय गरेको हो।

बिज्ञापन

कम्पनीले बिहीबार प्रकाशित गरेको सूचना अनुसार, सभा काठमाडौंको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा बिहान तोकिएको समयमा आयोजना गरिनेछ। कम्पनीले सम्पूर्ण शेयरधनीहरूलाई कार्यक्रममा सहभागी भई प्रस्तावहरूमा छलफल तथा निर्णय प्रक्रियामा सहभागिता जनाउन आग्रह गरेको छ।

सर्वसाधारणलाई शेयर जारी गर्ने विशेष प्रस्ताव

बिज्ञापन

साधारण सभामा सर्वसाधारणका लागि शेयर जारी गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, शेयर निष्काशनपछि प्राप्त पुँजीको उपयोगबारे निर्णय गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, साथै शेयर जारी गर्ने तथा बैंकिङ कारोबार गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्तावहरू पनि सभामा पेस गरिने कम्पनीले जनाएको छ।

आर्थिक प्रतिवेदन र लेखापरीक्षक नियुक्ति पनि एजेन्डामा

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित चालु आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणमाथि छलफल गरिनेछ। यसका साथै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते