भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएपछि त्रिभुवन विश्वविद्यालयले (त्रिवी) ती परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
बिज्ञापन
परीक्षा नियन्त्रण कार्यालय, बल्खुले झापा, रौतहट र दाङका तीन परीक्षा केन्द्रका उत्तरपुस्तिका नष्ट भएको पुष्टि गर्दै सम्बन्धित विद्यार्थीका लागि पुनः परीक्षा लिने तयारी गरेको जनाएको छ।
बिज्ञापन
उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षा केन्द्रहरूमा झापाको कन्काई आदर्श क्याम्पस (बिर्तामोड), रौतहटको जनज्योति क्याम्पस (चन्द्रनिगाहपुर) र दाङको सिद्ध रत्ननाथ क्याम्पस (घोराही) रहेका छन्।
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयमा भएको आगजनी र तोडफोडका कारण उत्तरपुस्तिका नष्ट भएको कार्यालयले जनाएको छ। स्नातक तह दोस्रो वर्षको आंशिक र मौका परीक्षा दिएका करिब ६५० विद्यार्थीको उत्तरपुस्तिका नष्ट भएको अनुमान गरिएको छ।
बिज्ञापन
कार्यालयका अनुसार पुनः परीक्षाको मिति पछि तोकिने छ। साथै, प्रभावित क्याम्पसहरूलाई विद्यार्थीहरूलाई पुनः परीक्षा दिनुपर्ने जानकारी गराउन अनुरोध गरिएको छ।









