होमपेज > नेपालमा विद्युतीय सार्वजनिक यातायातलाई तीव्रता दिन कुमारी बैंक र जीआईजेड नेपालबीच समझदारी

नेपालमा विद्युतीय सार्वजनिक यातायातलाई तीव्रता दिन कुमारी बैंक र जीआईजेड नेपालबीच समझदारी

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

कुमारी बैंक लिमिटेडले नेपालमा विद्युतीय गतिशीलता (Electric Mobility) लाई सुदृढ बनाउनका लागि Gesellschaft für Internationale Zusammenarbeit (जीआईजेड) GmbH (GIZ Nepal) बीच Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनाअन्तर्गत समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिज्ञापन

यस सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय माइक्रो र मिनीबस (EMBs) सञ्चालनलाई तीव्र बनाउन सहयोग गर्नेछ। परियोजनाले वित्तीय संयन्त्र र डिजिटल प्रविधिको प्रयोगमार्फत विद्युतीय यातायात प्रणालीलाई थप प्रभावकारी र दिगो बनाउने लक्ष्य लिएको छ।

SET4NPL परियोजना GIZ Nepal Global Green Growth Institute (GGGI) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो। यो परियोजना Mitigation Action Facility (MAF) को आर्थिक सहयोगमा सञ्चालित छ, जसअन्तर्गत करिब तीन हजार पाँच सय विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

बिज्ञापन

यस कार्यक्रमले परम्परागत इन्धनमा आधारित सवारीसाधनहरूलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै नेपालमा सफा, हरित र दिगो सार्वजनिक यातायात प्रणालीको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। परियोजनाअन्तर्गत सार्वजनिक यातायातलाई अझ सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेशन, GPS डिभाइस, LED रुट डिस्प्ले र ओपन-लूप ई-टिकटिङ सिस्टम जस्ता डिजिटल सुविधाहरू समेत समावेश गरिएका छन्।

सहकार्य अनुसार, कुमारी बैंकले विशेष ऋण योजना (Loan Package) र प्रारम्भिक डाउन पेमेंटमा अनुदान (Subsidy) उपलब्ध गराउनेछ। जसले विद्युतीय सवारी खरिदलाई थप किफायती र सुलभ बनाउनेछ। विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ र तीन सय १७ एटिएम मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि दिगो विकास र हरित अर्थतन्त्रलाई समर्थन गर्ने यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते