होमपेज > जेनजी आन्दोलनपछि सरकारको पुनर्निर्माण पहलप्रति निजी क्षेत्रको स्वागत

जेनजी आन्दोलनपछि सरकारको पुनर्निर्माण पहलप्रति निजी क्षेत्रको स्वागत

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

जेनजी आन्दोलनका कारण प्रभावित निजी क्षेत्रको मनोबल पुनःस्थापना गर्न सरकारले घोषणा गरेका पुनर्निर्माण तथा सहुलियत कार्यक्रमप्रति निजी क्षेत्रका शीर्ष संघसंस्थाहरूले स्वागत गरेका छन्।

बिज्ञापन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रुपमा सरकारको निर्णयलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका हुन्।

सरकारले राजस्व छुट, बैंकिङ सहुलियत, बीमा सहजीकरण तथा पुनर्निर्माणका लागि विशेष सहुलियत कार्यक्रम सार्वजनिक गरेको हो। यससँगै नयाँ जडित डेटाबेस प्रणालीको उपयोगमार्फत व्यवसाय अनुगमन, मूल्य निर्धारण र गुनासो समाधान प्रक्रियालाई पारदर्शी बनाउने तयारी गरिएको छ।

बिज्ञापन

अर्थमन्त्री रामेश्वर खनालले असोज ९ गते उद्घाटन गरेको सो प्रणालीले भन्सार जाँचपास भएका वस्तुको मूल्य विवरण संकलन गरी कारोबार मूल्यको पारदर्शिता बढाउने उद्देश्य राखेको छ। सरकारका अनुसार उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकालाई अद्यावधिक गर्न मद्दत पुर्‍याउनेछ।

भेटका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले युवाको आन्दोलनका क्रममा भएको घुसपैठ, लुटपाट र आगजनीका घटनाले अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको र निजी क्षेत्रको मनोबल कमजोर भएको बताउँदै दोषीमाथि शीघ्र कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

तीनै संघका अध्यक्षहरूले निजी क्षेत्र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीतिमा अडिग रहने प्रतिबद्धता जनाउँदै सरकारले पनि उद्यमी व्यवसायीलाई सुरक्षासहित व्यवसाय गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका छन्। अर्थमन्त्री खनालले निजी क्षेत्रका जायज मागहरू सम्भव भएसम्म तत्काल सम्बोधन भइरहेको जानकारी दिँदै व्यवसायीहरूलाई व्यावसायिक आचारसंहिता र पारदर्शितामा रहँदै काम गर्न आग्रह गरेका छन्।

निजी क्षेत्रका प्रतिनिधिहरूले खुला बजार अर्थतन्त्र र लोकतान्त्रिक प्रणाली बलियो बनाउन समयमै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते