होमपेज > देशभर बाढीपहिरोमा ६० जनाको मृत्यु, इलाममा मात्रै ३७ जना

देशभर बाढीपहिरोमा ६० जनाको मृत्यु, इलाममा मात्रै ३७ जना

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

असोज १७ गते शुक्रबार रातिदेखि लगातार परिरहेको वर्षाका कारण देशभर कम्तीमा ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये पुरुष १९, महिला २६ र नाबालक १५ जना छन्।

बिज्ञापन

सबैभन्दा बढी इलाम जिल्लामा मात्र ३७ जनाको मृत्यु भएको छ। तीमध्ये पुरुष १३, महिला १४ र नाबालक १० जना रहेका छन्। इलाममा ठूलो पहिरो र भीषण वर्षाले गाउँका बस्ती बगाएपछि ठूलो जनधनको क्षति भएको बताइएको छ। त्यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जना, उदयपुरमा महिला दुई र नाबालक एक गरी तीन जना, खोटाङमा दुई पुरुष र सुनसरीमा एक पुरुषको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

यस्तै, रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जनाको मृत्यु भएको छ भने मोरङ, सिन्धुली र महोत्तरीमा एकएक जना महिलाको निधन भएको छ। सिन्धुपाल्चोकमा एक नाबालकको मृत्यु भएको र काभ्रेपालाञ्चोकमा दुई महिलाको शव भेटिएको सहप्रवक्ता थापाले जानकारी दिए।

बिज्ञापन

सशस्त्र प्रहरी बलका अनुसार देशभर उद्धार र राहत कार्य जारी छ। निरन्तर वर्षाका कारण कतिपय स्थानमा उद्धारमा कठिनाइ भइरहेको भए पनि स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य अघि बढाइरहेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते