होमपेज > १ सय ११ अङ्कले बढ्यो सेयर बजार, नौ अर्ब १७ करोडको कारोबार

१ सय ११ अङ्कले बढ्यो सेयर बजार, नौ अर्ब १७ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १११ दशमलव ७० अङ्कले बढेको छ । आज नेप्से परिसूचक चार दशमलव ४४ प्रतिशतले बढेको हो । आज ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १७ करोड ९५ लाख ७३ हजार बराबरको कारोबार भएको छ । आज म्युचुअल फण्ड शून्य दशमलव ७१ र निर्जीवन बिमा चार दशमलव शून्य दुई प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बिज्ञापन

सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ६६ प्रतिशतले बढेको छ । बैंकिङ चार दशमलव ५२, विकास बैंक छ दशमलव शून्य सात, वित्त पाँच दशमलव ५४, होटल तथा पर्यटन दुई दशमलव ३३, जलविद्युत् पाँच दशमलव ८३, लगानी सात दशमलव ६८, उत्पादन तथा प्रशोधन चार दशमलव ८५, लघुवित्त तीन दशमलव ६९ र अन्य समूह एक दशमलव ५३ प्रतिशतले बढेको छ । आजको कारोबारमा १३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ ।

बिज्ञापन

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ८३ करोड १३ लाख ५५ हजार ९१० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको नौ लाख १४ हजार ३६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते