देशको वित्तीय प्रणालीमा देखिएको बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
बिज्ञापन
राष्ट्र बैंकले निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोल प्रणालीमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सहभागिताको अनुमति दिएको छ। सहभागी संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको गुणनफलमा बोलकबोल गर्न पाउने छन्।
बिज्ञापन
यस प्रक्रियामा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिइनेछ। संकलित निक्षेपको सावाँ तथा ब्याज आगामी २०८२ साल असोज १२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
हाल देशको कुल निक्षेप रकम ७२ खर्ब नाघिसकेको छ। बढ्दो तरलताको प्रभावलाई न्यूनीकरण गर्न राष्ट्र बैंकले यसअघि पनि दीर्घकालीन निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा जस्ता माध्यमहरूबाट तरलता व्यवस्थापन गर्दै आएको छ।
बिज्ञापन
राष्ट्र बैंकका अनुसार, यस्तो कदमले बजारमा ब्याजदरलाई सन्तुलनमा राख्ने, मुद्रास्फीतिमा नियन्त्रण ल्याउने र वित्तीय स्थायित्व कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।








