रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा कारोबार सुरु गरेको आठ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड रुपैयाँ बराबर नाफा आर्जन गरेको छ भने नेपाल बिमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पूरा गरी हाल ५ अर्ब १९ करोड रुपैयाँ कायम गरेको छ।
बिज्ञापन
कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा २० अर्ब रुपैयाँ हाराहारी रहेको छ भने बिमित दाबी भुक्तानी गत आवमा १ अर्ब ४३ करोड रुपैयाँ प्रदान गरिएको छ। वार्षिक उत्सवको अवसरमा कम्पनीका कर्मचारी र एडभाइजरहरूको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयबाट ज्ञानेश्वर, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रीय कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो। साथै अन्य शाखाहरूमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
बिज्ञापन
कार्यक्रमहरूमा महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरूमा रक्तदान तथा स्वास्थ्य शिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाम शाखाहरूले विद्यालयमा शैक्षिक सामग्री वितरण, वृद्धाश्रममा खाद्य सामग्री वितरण र सरसफाई कार्यक्रमहरू सम्पन्न गरेका थिए।
आठौँ बार्षिकोत्सवको अवसरमा कम्पनीले यस अवसरमा बिमालेख खरिद गर्ने करिब ७० लाख बिमित ग्राहक, नियमनकारी निकाय, रिलायबल एडभाइजर, सेयरधनी, कर्मचारी तथा सरोकारवालाहरूप्रति धन्यवाद ज्ञापन गरेको छ ।
बिज्ञापन
कम्पनीले आगामी दिनहरूमा सेवा उच्च प्राथमिकतामा राख्दै थप ग्राहकमैत्री तथा उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।







