होमपेज > टिपरका सहचालकको करेन्ट लागेर मृत्यु, चालक पक्राउ

टिपरका सहचालकको करेन्ट लागेर मृत्यु, चालक पक्राउ

बिज्ञापन
बिज्ञापन

दाङको तुलसीपुरमा टिपरका सहचालकको करेन्ट लागेर मृत्यु भएको छ।

बिज्ञापन

सल्यानको कपुरकोट गाउँपालिका–१ का २१ वर्षीय सबिन घर्तीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए। रा १ ख १५६६ नम्बरका टिपरका सहचालक घर्तीलाई बिहीबार दिउँसो ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१२ ग्वारखोलाको पुल नजिकैको क्रसर उद्योगमा बालुवा लिन गएको समयमा टिपरकोमाथि त्रिपाल हेर्न भनेर उनी टिपरको माथि चढेको समयमा करेन्ट लाग्न पुगेको थियो।

बिज्ञापन

सहचालक घर्ती टिपरको अगाडिको भागमा चढेर त्रिपाल छ कि छैन भनेर हेर्ने क्रममा चालकले गाडी चलाइरहेका थिए। त्यही क्रममा आवश्यक सावधानी अपनाउन नसक्दा क्रसर उद्योगमा लागेको विद्युत तारलाई छुन पुग्दा उनी करेन्ट लागेर जमिनमा लडेका थिए। टिपर चालकले सहचालक घर्ती भुइँमा लडेपछि मात्रै घटनाबारे थाहा पाएका बताएका छन्। करेन्टको झड्काले लडेर भुइँमै लडेका सहचालक घर्तीलाई गम्भीर अवस्थामा उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

चेकजाचको क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोष्टमर्टनका लागि अस्पतालको शव गृहमा राखिएको छ। चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते