बुङ्गल हाइड्रो लिमिटेडले दोस्रो चरणको प्राथमिक सेयर (आईपीओ) आजदेखि सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ।
बिज्ञापन
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको थियो। अब दोस्रो चरणमा १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।
बिज्ञापन
कम्पनीको जारी पूँजी ८३ करोड रुपैयाँ रहेको छ, जसको ३५ प्रतिशत, अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको हो।
यसअघि बाँडफाँट गरिएका शेयर विवरण:
बिज्ञापन
आयोजना प्रभावित स्थानीयहरूलाई : ८ लाख ३० हजार ८२४ कित्ता
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई : २ लाख ७ हजार ५०० कित्ता
सामूहिक लगानी कोषलाई : १ लाख ३ हजार ७५० कित्ता
कर्मचारीलाई : ६२ हजार २५० कित्ता
सर्वसाधारणका लागि:
खुला कित्ता संख्या: १७ लाख १ हजार ५०० कित्ता
अंकित मूल्य: प्रति कित्ता १०० रुपैयाँ
आवेदन सीमा: न्यूनतम १० कित्ता, अधिकतम २० हजार कित्ता
आईपीओमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ १९ गते तोकिएको छ। सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ ३० गतेसम्म अवधि लम्बिन सक्नेछ। यद्यपि, अघिल्ला अनुभवअनुसार पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने भएकाले यो आईपीओ पनि भदौ १९ गतेभित्रै बन्द हुने सम्भावना उच्च छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा वा मेरोशेयर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले बुङ्गल हाइड्रोलाई CARE-NP B (Single B Issuer Rating) प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
बुङ्गल हाइड्रो लिमिटेडद्वारा जारी हुन लागेको यो आईपीओमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहने अनुमान गरिएको छ।








