होमपेज > रास्वपा नेता पाँडेलाई धरौटीमा रिहा गर्न आदेश

रास्वपा नेता पाँडेलाई धरौटीमा रिहा गर्न आदेश

बिज्ञापन
बिज्ञापन

साइबर अपराधको आरोपमा पक्राउ परेका रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज (शुक्रबार) न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बिज्ञापन

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको अभियोग उनीविरुद्ध थियो । सोही उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए । सरकारी वकिलले उनीविरुद्ध आजै बिहान मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता गरेकै दिन उनको बयान र बहस गराई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो । सामान्यतः कुनै पनि फौजदारी कसुरका मुद्दा दर्ता भएको भोलिपल्ट मात्र बयान र बहस हुने गरेको छ ।

बिज्ञापन

एक महिलालाई इमेल तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप पाँडेमाथि छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।

हिजो बिहीबार मात्रै उनलाई अदालतले ४ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । वातावरणविद् पाँडे राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत हुन् । उजुरीकर्ता महिलाले आफूले पढ्नै नसकिने शब्द लेखेर इमले, ह्वाट्सएपमा म्यासेज पठाएर दुर्व्यवहार गरेको उल्लेख गरेकी थिइन् ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते