होमपेज > बसन्तुपुरमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काउने काठमाडौं महानगरको तयारी

बसन्तुपुरमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काउने काठमाडौं महानगरको तयारी

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाले बसन्तुपुरमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काउने तयारी गरेको छ।

बिज्ञापन

२०७२ को भूकम्पले क्षति पुर्‍याएको यो भवन टेको लगाएर राखिएको छ। काठमाडौं महानगर वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले संस्कृत विश्वविद्यालयको भवन भत्काउने तयारी गरिएको जानकारी दिए। उनकाअनुसार ‘रेड जोनुमा परेको उक्त विद्यालयको संरचना आगामी आर्थिक वर्ष भत्काउने योजना छ।’

बिज्ञापन

‘रेड जोनमा परेको उक्त विद्यालय भवन भत्काउनुपर्छ भनेर धेरै पहिले नै योजना बनाइएको थियो,’ उनले भने, ‘पुरातत्व विभागले नै भत्काउने भनेपछि लागत अनुमान गरेको थियो। तर भत्काउन एक करोड लागत अनुमान निस्किएपछि बजेट जगेडा नभएर विभाग पछि हटेको थियो।’अर्कातिर विद्यालय त्यतिकै टेको लगाएर राख्दा दुर्घटना होला भनेर पनि वडाबाटै भत्काउन उनले पहल लिएको उनी बताउँछन्।

‘पुरातत्वले बजेट अभावका कारण भत्काउन नसकेपछि मैले मेयरसँग कुरा पनि गरेको थिएँ,’ उनले मेयर बालेन शाहको भनाइ उद्धृत गर्दै भने, ‘त्यसो भए कसरी मिल्छ वडाबाटै काम गर्नू भन्नुभयो।’मेयर बालेनले नै स्वीकृत दिएपछि महर्जनले कसरी काम गर्न सकिन्छ भनेर खोजेका थिए। उक्त काम उपभोक्ता समितिमार्फत् गर्न सकिन्छ कि भनेर समेत हेरे। तर समितिमार्फत् भत्काउने काम गर्न नमिल्ने देखेपछि वडा पछि हटेको थियो।तर महानगरले अगामी बजेटमा उक्त विद्यालय भत्काउन बजेट छुट्याउने योजना भएको उनले बताए। त्यसका लागि पुरातत्व विभागले पुरातत्विक महत्व भएका विद्यालयका संरचनाहरूको नाप पनि लिइसकेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते