होमपेज > नापी अधिकृतको पौने ६ करोड अवैध सम्पति, श्रीमती र दुुई छोरासहित भ्रष्टाचार मुद्दा

नापी अधिकृतको पौने ६ करोड अवैध सम्पति, श्रीमती र दुुई छोरासहित भ्रष्टाचार मुद्दा

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीविरूद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

उनले निमित्त कार्यालय प्रमुख रहँदा विभिन्न व्यक्तिहरूलाई प्रभावमा पारेर सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा गरेको अख्तियारको आरोप छ । अख्तियारका अनुसार २०५३ असार १३ गतेदेखि ०८१ असार १६ गतेसम्म रहँदा उनको व्यक्तिगत कारोबार मात्रै १४ करोड ८३ लाख ५७ हजार ८८४ रूपैयाँ देखिएको छ ।

बिज्ञापन

त्यसबाट ९ करोड ३ लाख ९५ हजार ४४४ रूपैयाँमा वैध आय आर्जन गरेको देखिएको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । यादवले गैरकानुनी रूपमा आर्जन गरेको सम्पति श्रीमती गायत्री यादव, छोराहरू सुधान्सु र शुभम नाममा खरिद गरेको समेत अख्तियारले फेला पारेको छ । अख्तियारले उनीहरूलाई समेत प्रतिवादी कायम गरी मुद्दा दर्ता गरेको बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते