सिटिजन्स क्यापिटल सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बिज्ञापन
क्यापिटलको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १६ प्रतिशत अर्थात् ३ करोड २० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बिज्ञापन
लाभांश पारित गर्न कम्पनीले असोज २ गते द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।








