होमपेज > बैंक एपहरुमा अब अनिवार्य हुनैपर्ने सुविधाहरू

बैंक एपहरुमा अब अनिवार्य हुनैपर्ने सुविधाहरू

बिज्ञापन
बिज्ञापन

बैंकिङ ग्राहक अब केवल पैसा पठाउने र झिक्ने होइन, स्मार्ट र सुरक्षित सुविधा खोजिरहेका छन्। फरेस्टरको नयाँ अध्ययन अनुसार, सन् २०२७ सम्म मोबाइल बैंकिङ एपहरूमा सुरक्षा, पारदर्शिता, डिजिटल कार्ड, स्वतः बचत र ऋण व्यवस्थापनजस्ता सुविधा अनिवार्य बन्नेछन्।

बिज्ञापन

सुरक्षा चेतावनीदेखि ठगी नियन्त्रण, क्रेडिट निर्माणदेखि सदस्यता व्यवस्थापनसम्म -ग्राहकको अपेक्षा तीव्र रूपमा बढिरहेको छ। नयाँ पुस्ता विशेषतः यस्ता डिजिटल उपकरणहरू आफ्नो वित्तीय अनुशासनका लागि आवश्यक मान्न थालेका छन्।

बिज्ञापन

सन् २०२७ सम्म बैंक एपहरूमा कुन–कुन सुविधा अनिवार्य हुने भनेर एक अध्ययन सार्वजनिक भएको छ। यो अध्ययन प्रतिष्ठित संस्था फरेस्टरले गरेको हो।

अध्ययन अनुसार सबैभन्दा धेरै माग भएको सुविधा हो- ठगी रोकथाम गर्ने प्रणाली। करिब ८० प्रतिशत ग्राहकले बैंक एपभित्र हुने यस्तो सुरक्षा उपकरणलाई सबैभन्दा उपयोगी भनेका छन्।

बिज्ञापन

सुरक्षा चेतावनी दिने सुविधा पनि लोकप्रिय बन्दै गएको छ। ग्राहकहरू अब आफ्नो व्यक्तिगत र वित्तीय डेटा कसरी प्रयोग भएको छ भन्ने कुरा हेर्न, बुझ्न र नियन्त्रण गर्न सक्ने उपकरण चाहन्छन्। यो सुविधा भारतका ग्राहकहरूले सबैभन्दा आवश्यक मानेका छन्।

अष्ट्रेलिया, चीन र भारतका ६० प्रतिशतभन्दा बढी ग्राहकहरूले क्रेडिट बनाउन सहयोग गर्ने र ऋण व्यवस्थापन गर्ने उपकरण उपयोगी भएको बताएका छन्। यस्तो सुविधा मानिसको आर्थिक सुधारमा सहयोगी हुन्छ।

फरेस्टरले भनेको छ- अब बैंक एपहरू अपांगता भएका व्यक्तिहरूका लागि पनि सहज बनाउनुपर्छ। यसले सबै ग्राहकलाई पहुँच दिनेछ र नियमको पालना पनि हुनेछ।

त्यस्तै, डिजिटल प्रविधिमा आधारित भर्चुअल कार्ड, एक पटक प्रयोग हुने कार्ड र नम्बर नदेखिने कार्ड पनि धेरै ग्राहकलाई मन परेको सुविधा हो। यस्ता कार्डहरू सुरक्षित, छिटो र सजिलो मानिन्छन्। फिनटेक कम्पनीहरूले यस्तो सेवा अगाडि बढाइसकेकाले परम्परागत बैंकहरूले पनि ती प्रविधिमा सुधार गर्नुपर्ने देखिएको छ।

अध्ययनले देखाएको छ- अहिले धेरै मानिसहरू विभिन्न सेवामा सदस्यता लिन्छन्। त्यसैले, बैंक एपमा सब्स्क्रिप्सन व्यवस्थापन गर्ने टुल पनि आवश्यक बन्नेछ। यस्तो टुल जेन जेड र मिलेनियल पुस्ताका ग्राहकहरूबीच धेरै रुचाइएको छ।

अन्त्यमा, ग्राहकहरूले स्वचालित रूपमा बचत गर्न र खर्चको योजना बनाउन सहयोग गर्ने उपकरण पनि उपयोगी मानेका छन्। यस्तो टुलले बचत सजिलै गर्न र व्यक्तिगत बजेट बनाउन मद्दत गर्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते