होमपेज > नोरा फतेही ‘कन्चना ४’ बाट तमिल सिनेमा क्षेत्रमा डेब्यु गर्दै

नोरा फतेही ‘कन्चना ४’ बाट तमिल सिनेमा क्षेत्रमा डेब्यु गर्दै

बिज्ञापन
बिज्ञापन

हाल आफ्नो पेशागत यात्राको सफलता भोगिरहेकी क्यानेडियन डान्सर तथा बलिउड अभिनेत्री नोरा फतेही, ‘ओ मामा ! तेतेमा’ जस्ता गीतबाट चर्चित छन्। तर अब उनी अभिनयको दुनियाँमा नयाँ चुनौती लिन लागेकी छिन्। डर–कमेडी फ्रेन्चाइजको चौथो भाग ‘कन्चना ४’ बाट उनी तमिल सिनेमा क्षेत्रमा डेब्यु गर्न तयार छिन्।

बिज्ञापन

भारतीय मिडिया हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा अभिनेत्री नोराले फिल्मको बारे बताउँदै भनिन्, ‘जब मलाई कञ्चना ४ को अफर आयो, मलाई तुरुन्तै लाग्यो कि यो तमिल सिनेमामा पाइला राख्नको लागि सही परियोजना हो। फ्रेन्चाइजले पहिले नै दर्शक माझ अपार लोकप्रियता बनाइसकेको थियो । स्क्रिप्ट यति रोचक र अनौठो थियो कि मैले तुरुन्तै यसको हिस्सा बन्न सहमति दिए ।’

बिज्ञापन

‘फिल्म ‘मडगाउँ एक्सप्रेस’ को सफलता पछि फेरि एउटा कमेडीमा काम गर्ने उत्साह थियो । ‘कन्चना ४’ त्यस अवसरका लागि उपयुक्त परियोजना जस्तो लाग्यो’, उनले थप भनिन् । अहिलेसम्म हिन्दी फिल्म ‘बि ह्यापी’ र ‘स्ट्रीट डान्सर थ्रीडि’ मा अभिनय गरिसकेकी नोरा फतेहीले मल्यालम र तेलुगु फिल्म उद्योगमा पनि काम गरेकी छिन्।

उनी भन्छिन्, ‘प्रत्येक फिल्म उद्योगको आफ्नै विशेषता छ। तमिल सिनेमा कथामा आधारित हुन्छ र प्रदर्शनमा जोड दिन्छ, बलिउड भने आफ्नो ठुलो ऊर्जा लिएर काम गर्छ। दुवै उद्योग चलचित्रप्रति उत्साही छन्, तर काम गर्ने शैली, दर्शकको अपेक्षा र निर्माण प्रक्रिया फरक छ। मेरो लागि दुवै दुनियाँबाट अनुभव लिनु रोमाञ्चक छ।’

बिज्ञापन

यसरी नोरा फतेहीले विभिन्न भाषाका फिल्म उद्योगमा काम गर्ने अनुभवसँगै तमिल सिनेमा प्रवेश गरेर आफ्नो पेशागत यात्रा अझै व्यापक बनाउन लागेकी छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते