होमपेज > विप्रेषणको कारोबार गर्ने कम्पनीको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने

विप्रेषणको कारोबार गर्ने कम्पनीको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने

बिज्ञापन
बिज्ञापन

अब विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न कम्पनीको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै यसअघिको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ पनि राष्ट्र बैंकले खारेज गरेको छ।

बिज्ञापन

नयाँ विनियमावलीअनुसार अब विनियम ४ को उपविनियम (२) बमोजिम निवेदन दिने कम्पनीले विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न न्यूनतम २५ करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्नेछ। यसबाहेक अन्यको हकमा न्यूनतम १० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। यस विनियमावली लागू हुनुपूर्व इजाजतपत्र लिएका विप्रेषण कम्पनीले तोकिएको चुक्तापुँजी पुर्याएपश्चात मात्र विनियम ११ बमोजिमका कार्य गर्न सक्ने व्यवस्था गरिएको छ।

बिज्ञापन

त्यस्तै यो विनियमावली लागू हुनुपूर्व इजाजतपत्र लिएका विप्रेषण कम्पनीले तोकिएको चुक्तापुँजी २०८५ असार मसान्तसम्म पुर्याउनुपर्नेछ। उपविनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए पनि विप्रेषण कम्पनीले २०८१ असार मसान्तभित्र न्यूनतम रु. ३ करोड, २०८२ असार मसान्तभित्र न्यूनतम रु. ४ करोड, २०८३ असार मसान्तभित्र न्यूनतम रु. ६ करोड, २०८४ असार मसान्तभित्र न्यूनतम रु. ८ करोड र २०८५ असार मसान्तभित्र न्यूनतम रु. १० करोड चुक्तापुँजी पुर्याउनुपर्नेछ।

यसैगरी यस विनियमावलीअनुसार इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरु गाभ्ने/गाभिने तथा प्राप्तिमा सहभागी हुन सक्नेछन्। इजाजत्रपत्रप्राप्त विप्रेषण कम्पनीहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्न योग्य हुनेछन्। तर, संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन सम्बन्धमा दिइएका निर्देशनहरुको पालना नभएका कारण पर्न सक्ने असर तथा गाभ्दा–गाभिंदा वा प्राप्ति (एक्विजिसन पश्चात् कायम रहने सञ्चित नाफा तथा नोक्सानीको अवस्था समेतलाई मध्यनजर गरी विभागले कुनै पनि इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीलाई गाभ्न–गाभिन वा प्राप्ति (एक्विजिसन)का लागि अयोग्य मान्न सक्नेछ।

बिज्ञापन

योग्य इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले प्रचलित व्यवस्थाबमोजिम तोकिएका प्रक्रिया पूरा गरी अर्को इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीसँग गाभ्न–गाभिन वा प्राप्ति (एक्विजिसन) गर्न चाहेमा सो कार्य अगाडि बढाउन पछिल्लो दुई आर्थिक वर्षभित्र सम्पन्न साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी सञ्चालक समितिले अख्तियारी प्राप्त गर्नुपर्नेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते