होमपेज > रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको पुष्टि भएको छ । रास्वपा नेता मनिष झाले थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेको जानकारीमा आएको बताएका छन् ।

बिज्ञापन

‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ’, झाले भनेका छन् । झाले आइतबार थापाले यसअघि नै ब्यक्तिगत कानुनी प्रक्रियाहरु स्पस्ट र समाधान गर्नुपर्ने र सो किनारा नलागेसम्मका लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको पनि बताएका छन् । थापा गतहप्ता अमेरिकाका पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको स्रोतको भनाइ छ । थापालाई अहिले फिलाडेल्फिया संघीय हिरासतमा छन् । गत हप्तामात्र कतार हुँदै अमेरिका पुगेका थिए । उनी अमेरिका पुगेलगत्रै पक्राउ परेका थिए ।

बिज्ञापन

अमरिकी आप्रवासन तथा भन्सार प्रबर्तन (आईएस) ले थापालाई पक्राउ गरेको बताइएको छ । थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । थापा रास्वपा सभापति रवि लामिछाने थुनामा पर्नेबित्तिकै नेपाल आएर उनलाई धरौटीमा छुटाउन क्रियाशील थिए । पोखरादेखि भैरहवा हुँदै चितवनसम्म उनी रविलाई थुनामुक्त गराउन सक्रिय रहेको बताइएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते