होमपेज > पोखराको चाउथेमा दिपल इभीको नयाँ सोरुम

पोखराको चाउथेमा दिपल इभीको नयाँ सोरुम

बिज्ञापन
बिज्ञापन

नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चाउथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ। एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो।

बिज्ञापन

दिपलको नयाँ सोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रुपमा गरेका हुन्। सो अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई(७ को पनि रिजनल लन्च गरिएको थियो। पोखरामा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले नयाँ सोरुमबाटै शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ। यो अवधिमा गण्डकी क्षेत्रका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई-७, दिपल एस-७ र दिपल एल-७ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।

बिज्ञापन

टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनेछन्। यसका अलावा दिपलका इभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउनेछन्। नयाँ सोरुम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमन्त्री बिन्दु कुमार थापाले अटोमोबाइलमा सेल्स, सर्भिस र स्पेयर्सको उत्तिकै महत्व हुने बताए। स्पेयर्स पार्ट्सको उपलब्धता र मूल्य पनि महत्वपूर्ण हुने उनले बताए।

त्यसैगरी, नाडाका अध्यक्ष करण चौधरीले नेपालले विद्युतीकरणमा निकै अगाडि बढिसकेको र कुल आयातको ७२ प्रतिशत गाडी इभी भएको बताए। उनले नेपालमा अहिले राम्रो प्रदर्शन गरिरहेको दिपलले ग्राहकबाट भरोसा जितिरहेको बताए । उनले दिपल पोखरा बजारले चाहने जस्तो डिजाइन र पर्फर्मेन्सले भरिएको पनि बताए। दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाली बजारमा सात सयभन्दा बढी विक्री भइसकेको छ।

बिज्ञापन

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते