होमपेज > काठमाडौं महानगरका दुईवटा डोजर नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौं महानगरका दुईवटा डोजर नेपाल प्रहरीको नियन्त्रणमा

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरका दुईवटा डोजरलाई नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। पशुपतिस्थित गौशाला धर्मशाला भत्काउन पठाइएका डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बिज्ञापन

दुवै डोजर गौशाला प्रहरी कार्यालयमा राखिएका छन्। काठमाडौँ महानगरका मेयर बालेन शाहका प्रमुख स्वकीय भूपदेव शाहले धर्मशाला भत्काउन प्रहरीले नदिएको  बताए। ‘महानगरको दुईवटा डोजर गएको थियो तर धर्मशाला भत्काउन प्रहरीले दिएन। डोजरलाई नियन्त्रणमा लिएर फिर्ता पठायो’, उनले भने, ‘गौशाला प्रहरी कार्यालयमा राख्ने भनेको थियो। हामीले नजिकै वडा कार्यालय भएकाले त्यहाँ लैजाने भनेका छौँ।’ पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो।

बिज्ञापन

महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेर बोर्ड राखेको थियो। उक्त धर्मशाला महानगरपालिकाले सञ्चालन गर्ने सम्झौता भएसँगै कार्यविधिको मस्यौदामाथि छलफल थालिएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते