होमपेज > सर्वोत्तम सिमेन्टको खुद नाफा १ अर्ब ४५ लाख

सर्वोत्तम सिमेन्टको खुद नाफा १ अर्ब ४५ लाख

बिज्ञापन
बिज्ञापन

सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजिनक गरेकाे छ । जस अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बिज्ञापन

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बिज्ञापन

कम्पनीको बिक्री आम्दानी १७३.०१ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत २ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ७५ करोड ५४ लाखमा सीमित थियो ।

त्यस्तै, कम्पनीको अघिल्लो आवमा ५ करोड ९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले चालु आवमा भने १६ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ९४ करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीकाे ४ अर्ब ९७ करोड रुपैयाँबराबरको चुक्तापूँजी छ ।

बिज्ञापन

कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ भने कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब २५ करोड र कुल चालु दायित्व ४ अर्ब २६ करोड रहेको छ । कम्पनीले यो अवधिसम्म ३ अर्ब ७१ करोड अल्पकालिन र ९ करोड ९७ लाख दीर्घकालिन कर्जा लिएको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.१९ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०१.९२ रुपैयाँ र तरलता अनुपात १.२३ प्रतिशत कायम भएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते