नेपाल निजामती कर्मचारी युनियन, कास्कीको अध्यक्षमा केदार सापकोटा विजयी भएका छन् । नवौँ जिल्ला अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । शुक्रबार राती सम्पन्न मत गणना अनुसार सापकोटाले निकटतम प्रतिस्पर्धी विनोद रेग्मीलाई १ सय ६३ मतान्तरले पराजित गरे ।
बिज्ञापन
सापकोटाले ३ सय २५ मत ल्याउँदा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी विनोद रेग्मीले १ सय ६२ मत पाए । खुलातर्फको उपाध्यक्ष पदमा सुमन शर्मा २ सय ८२ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १ सय ८९ मत प्राप्त ल्याए । कार्यसमितिका अन्य पद भने निर्विरोध भएको थियो । महिला उपाध्यक्षमा रञ्जना पोख्रेल, समावेशी उपाध्यक्ष नर बहादुर सारु, सचिवमा राजेन्द्र शर्मा, सह(सचिवमा मञ्जु सुवेदी तथा कोषाध्यक्षमा दीपक शर्मा पराजुली निर्विरोध भए । सदस्यहरूमा नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी (महिला), गङ्गा अधिकारी (महिला) चयन भए ।
बिज्ञापन
प्रदेश प्रतिनिधिमा सुदिप रेग्मी (३६६ मत), दिनेश चापागाईँ (२८६ मत), चेतराज आचार्य (२५७ मत), झलकराज पौडेल (२४१ मत), काशीराम पौडेल (२३९ मत), विषनबहादुर थापा (समावेशी) र मिना कुमारी श्रेष्ठ (महिला) निर्वाचित भए । महिला र समावेशी निर्विरोध भएका हुन् । केन्द्रीय प्रतिनिधिमा सूर्यप्रसाद तिवारी (३०६ मत), डिल्लीराज सुवेदी (२९४ मत), प्रमोद अर्याल (२८० मत), डिल्लीराम रेग्मी (२६२ मत), महेन्द्र गुरुङ (२११ मत), सीता बराल ढुङ्गाना (महिला) र अर्जुन गुरुङ (समावेशी) निर्वाचित भए । महिला र समावेशी सर्वसम्मत भएका हुन् ।
शुक्रबार भएको मतदानमा ५ सय ७ जनाले मतदान गरेका थिए । ६ सय ५५ जना मतदाता रहेका निर्वाचन समिति संयोजक शालिग्राम भट्टराईले जानकारी दिए ।








